0 COMMENTS

मिलन चाम्लिङ,धरान०३असार०७५/ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सीधा जोड्ने एकमात्र धनकुटे रोडको पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै भाँसिएको छ । ३ वर्ष अघि पनि सो पुल भत्किए पछि २ बर्ष लगाएर निर्माण सम्पन्न भएको थियो । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्वाको विशेष पहलमा निर्माण सम्पन्न भएर सन्चालनमा आए पनि ठेकेदारको लापारबाहीको कारण वर्षातको शुरुवातसँगै पुल फेरी भत्किन थालेको छ ।

सडक डिभिजन कार्यालय मार्फत निर्माण हुदै गर्दा निर्माण कार्य बिचैमा छाडी ठेकेदार वेपत्ता भएपछि अलपत्र बनेको पुल मेयर सुब्बाको निर्देशनमा स्थानीय ठेकेदार गणेश गुरुग र गोपाल श्रेष्ठलाई जिम्मा दिइएको थियो । आफ्नै लगानीमा श्रेष्ठले पुल निर्माण गरेको बताईएको छ ।

धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल २०७२ असोज ८ गते साँझ बर्षका कारण भत्किएको थियो । सडक डिभिजन कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिना भित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्ट्रक्सन निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्ट्रक्सनले बिचमै काम छाडेपछि पुल निर्मांण अलपत्र परेको थियो ।१ करोड ३ लाखमा ठेक्का लागेको पुलको करिब ७७ लाख रुपैया लिएर ठेकेदार सचिन क्षेत्री फरार भएपछि पुल निर्माण कार्य रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।