0 COMMENTS
 मिलन चाम्लिङ,०२असार०७५/  बिकास ,अनुसासन र गतिशीलता आजको आवश्यकता भन्ने उद्येस्यले स्थापना भएको देउराली चुम्थङ डोजोको प्रथम बार्षीक उत्सव शनिबार भब्यताका साथ सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वाड न ५ स्थित तल्लो देउरालीमा रहेकोे डोजोको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
सप्पन्न कार्यक्रममा देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोहन केसर कार्कीले- डोजो स्थापनाले कराते खेलकुद क्षेत्रमा लाग्न चाहने युवा तथा बालबालिकाहरुलाई सुबिधा भएको र खेलकुद क्षेत्रमा धेरै अनुशासन हुने भएकोले गाउँ समाज र राष्ट्रलाइ नै फाइदा पुग्ने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कराते संघ सुनसरी अध्यक्ष कुबेरमान राईले- देशमा स्थानीय सरकार स्थाइ हुदै गएकोले खेलकुद बिकासले पनि गति लिदै गएको बताउनुभयो । कराते खेलले खेलाडिको सारिरिक, मानसिक र आत्म रक्षा गर्नुको साथै लागू औसध दुर्ब्यसनिको कारण समाजमा हुने घटनाहरूको पनि न्यूनीकरण हुने भएकोले आफ्नो नानीहरूलाई खेलकुदमा लगाउन अभिभावकहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा डोजो प्रमुख स्वर्णिमहाङ लिम्बुले डोजोको प्रगती प्रतिवेदनतथा वार्सिक कार्योजना प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदन तथा कार्योजना अनुसार डोजोको आफ्नो निजि भवन सम्पन्न भैसकेको छ । वार्सिक कार्योजना अनुसार डोजोका खेलाडीहरुलाई ट्राकसुट बितरण र उत्कृष्ट खेलाडी वर्ष पुरस्कार स्थापना गर्नु रहेकोछ । डोजोमा ४५ जना बिद्यार्थीहरुले तालिम लिई रहरहेकाछन् । कार्यक्रममा राष्ट्रिय प्रशिक्षक किरण लामा, सामुदायिक टोल बिकास सस्थाका कोसाध्यक्ष, अस्मिता लिम्बू, प्रकोप ब्यबस्थपन महिला उपभोक्ता समितिका अध्यक्ष आश माया लिम्बू लगाय अन्य संघ सस्थाका प्रतिनिधिहरु अतिथिको रूपमा रहेका थिए । कार्यक्रम स्वर्णिमहान्हम लिम्बुकाे सभापतित्वमा सम्पन्न भएको थियो ।
 
 
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।