0 COMMENTS

काठमाडौँ ०२असार०७५/ क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ ।

खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल गर्दै रोनाल्डोले खेल ३–३ को बराबरीमा ल्याएका हुन् ।यसअघि स्पेनविरुद्ध एक पनि गोल गर्न नसकेका रोनाल्डोले योसँगै पोर्चुगलका लागि छैटौँ र आफ्नोको करियरको ५१ औँ ह्याट्रिक पनि पुरा गरे ।उनी स्पेनविरुद्ध विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

यसअघि खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो ।रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै स्पेनविरुद्ध पोर्चुगलका लागि पहिलो गोल गरेका थिए ।खेलको तेस्रो मिनेटमा नाचोले रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले खेलमा पोर्चुगललाई अग्रता दिलाएका थिए ।तर, डिएगो कोस्टाले पोर्चुगलविरुद्ध स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।

सर्जियो बुस्केटको पासमा गोल गर्दै कोस्टाले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए ।पहिलो हाफ सकिन लाग्दा पोर्चुगलले फेरि अग्रता बनाउन सफल भएको थियो ।रोनाल्डोको प्रहारलाई स्पेनका गोलकिपर डेभिड डे गियाले रोक्दा गल्ती गरेपछि पोर्चुगलले पुनः अग्रता बनाएको थियो ।खेलको दोस्रो हाफमा स्पेनका स्ट्राइकर डिएगो कोस्टा र नाचोले केही मिनेटको अन्तरालमा गोल गरेपछि स्पेनले खेलमा पहिलो पटक अग्रता लिएको थियो ।

कोस्टाले खेलको दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएसँगै नाचोले अर्को गोल थप्दै स्पेनलाई अग्रता दिलाएका थिए ।तर, खेलको अन्त्यमा रोनाल्डोले बराबरी गोल फर्काउन सफल भएका हुन् ।योसँगै चार विभिन्न विश्वकपमा गोल गर्ने रोनाल्डो पहिलो पोर्चुगिज खेलाडी बनेका छन् ।त्यस्तै, लगातार आठ मुख्य प्रतियोगितामा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।