0 COMMENTS

 काठमाण्डाै०१असार०७५/ नाडेप लघुवित्त वित्तीय संस्था(NADEP) ले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यलय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।

कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ । वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।