0 COMMENTS

माता–पिता बन्न लाग्दाको खुसी शब्दमा बयान गर्न सकिदैन । गर्भमा हुर्किदै गरेको बच्चालाई काखमा खेलाउनका लागि आमाबाबु दुबैले व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । यो त हामी सबैलाई थाहा भएकै कुरा हो, गर्भवति भएको बेला महिलाहरुको दिमागमा विभिन्न प्रकारका विचारहरु आउन थाल्छन् । तर, बाबु बन्न लाग्दा पुरुषको मनमा पनि अनेक थरिका विचारहरु आउँछन् भन्ने कुरा शायद तपाईलाई थाहा नहुन पनि सक्छ । उनीहरुलाई केही कुरासँग डर लागिरहेको हुन्छ । आखिर पत्नी गर्भवति भएपछि किन तनावमा आउँछन् पुरुषहरु ?

एउटा असल बाबु
श्रीमती गर्भवति भएपछि बाबु बन्न लागेको कुराले पुरुषहरु खुसी हुन्छन्, त्यहीँ अर्कोतर्फ उनीहरुको मनमा असल बाबु बन्न सकिन्छ कि सकिन्न भने चिन्ताले पनि उत्तिकै सताएको हुन्छ ।

जिम्मेवारी निर्वाह गर्ने पिरलो
श्रीमती गर्भवति भएपछि पुरुषहरुले अब आफ्नो जिम्मेवारी थप बढेको महशुस गर्न थाल्छन् । कयौं पुरुषहरु यो सोचेर तनावमा आउँछन्, के उनीहरुले आफ्नो बच्चाको उचित रेखदेख गर्न सक्लान ?यदि तपाईँको मनमा पनि यस्तै विचारहरु आइरहेको छ भने चाइल्ड केयरिङ क्लास लिन सक्नुहुन्छ । यसले तपाईंको मनमा पैदा भइरहेको नकारात्मक विचारहरुलाई दुर गर्न सहायता पुर्याउने छ ।

पार्टीहरुमा जान बन्द
पुरुषहरुको विभिन्न पार्टीहरुमा जाने शोख हुन्छ । अफिस सकिएपछि साथीभाइसँग बसेर रमाइलो गर्न चाहनेहरु पनि थुप्रै हुन्छन् । तर, श्रीमती गर्भवति भएपछि समयमै घरमै जानुपर्ने हुन्छ । लाइफस्टाइलमा परिवर्तन ल्याउनुपर्दा पुरुषहरु खिन्न हुँदै जान्छन् ।

पत्नीको साथ वित्ने समय
पुरुषहरु सोच्न थाल्छन् अब पहिलाझै श्रीमतीसँग समय विताउन पाइने छैन । बच्चा राती उठेर दुःख दिने छ । सजिलैसँग कतै घुम्न पनि जान पाइने छैन । बच्चा विरामी होला, अस्पताल जानुपर्ला । पुरुषहरुको मनमा यस्तै कुराले डेरा जमाउन थाल्छ ।

सुत्केरी कसरी होला भन्ने चिन्ता
हुन त पेटमा बच्चा महिलाले बोक्छिन । बच्चा पाउँदा पिडा महिलालाई हुन्छ तर पुरुषलाई पनि यो कुराले कम्ती सताउँदैन । श्रीमतीले कसरी बच्चा पाउलिन ? त्यो बेलाको गाह्रो सम्झेर महिलालाई भन्दा पुरुषलाई बढि डर लाग्छ । ‘डेलिभरी प्रोसेस’लाई सम्झेर पुरुषहरु निकै चिन्तित हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।