0 COMMENTS

बागलुङ, ३१ जेठ ०७५/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ ।

प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज हुन्छ ।”

अध्यक्ष केसीले नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणलेसंघीयता नचाहिने तर्क गर्नुभयो । फरक प्रसंगमा उहाँले वर्तमान सरकार इतिहासकै शक्तिशाली रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।