0 COMMENTS

मेरो बिहे भएको एक वर्ष जति भयो । म २१ वर्षको र मेरी श्रीमती १८ वर्षकी छिन् । श्रीमतीको पेटमा छ महिनाको बच्चा छ । पेटमा असर पुग्ने डरले केही समययता पछाडिबाट (डगी पोजिसनमा) सेक्स गर्ने गरेको थिएँ । तर, यसरी सेक्स गर्दा श्रीमती र बच्चालाई असर पुग्ने डरले अहिले हस्तमैथुन गरेर चित्त बुझाउने गरेको छु । यस्तो अवस्थामा सेक्स गर्न हुन्छ कि हुँदैन ? हस्तमैथुन सही विकल्प हो ?

 डक्टर साहेब,  बाबु बन्न लाग्नुभएकामा तपाईंलाई बधाई ! तर, एक÷दुई वर्षपछि मात्रै बच्चा जन्माउने विचार गरेको भए धेरै राम्रो हुन्थ्यो । जे होस्, जे भयो, ठीकै भयो । तपाईंको प्रश्न एकदमै महत्वपूर्ण छ । श्रीमती गर्भवती हुँदा सेक्स गर्नुहुन्छ कि हुन्न भन्ने दुविधामा श्रीमानहरू पर्ने गरेका छन् । अझ कतिपय महिलाले त पेटमा बच्चा हुँदा श्रीमान्लाई आफ्नो शरीरै छुनसम्म नदिने गरेको पनि मैले जानकारी पाएको छु । यस्तो अवस्थामा सेक्सका सम्बन्धमा दम्पत्ति अन्यौलग्रस्त हुन्छ ।

प्रायः गर्भवती भएको तीन महिनाबाहेक अरू बेला सम्पर्क गर्न उपयुक्त नै हुन्छ । तर, एक÷दुईटा कुरामा भने विचार गर्नुपर्छ । जस्तो, बच्चा आमाको गर्भमा कुन ठाउँतिर बसेको छ, यो भिडियो एक्सरेबाट थाहा हुन्छ । यसबारे तपाईं आफ्नो डाक्टरसँग सोध्न सक्नुहुन्छ । बच्चा एकदमै सामान्य छ भने, चिन्ता लिनुपर्दैन । यस्तो अवस्थामा सेक्सका लागि उपयुक्त धेरै आसन छन् जसले आमा र गर्भमा रहेको बच्चालाई हानि पु¥याउँदैनन् ।

अहिले गर्भ छैटौँ महिना चलेकाले अबदेखि बच्चा झन् बढ्दै जान्छ र उहाँको पेट पनि बढ्दै जान्छ । अहिले तपाईंले जुन आसन प्रयोग गर्नुभएको छ, त्यो अत्यन्त उपयुक्त छ । गर्भावस्थामा महिला शारीरिक तथा मानसिक परिवर्तनबाट गुज्रिरहेका हुन्छन् । महिलाको शरीरका हर्मोन फेरबदल भइरहेका हुन्छन् । यसले कुनै कुनै महिलालाई सेक्स गर्न मन नलाग्ने हुनसक्छ । उनीहरूलाई सम्पर्क भनेपछि झर्काे लाग्न सक्छ ।

तपाईंं श्रीमतीसँग खुलेर कुरा गर्नुहोस् । तर, केही महिलालाई गर्भावस्थामा झन् बढी सेक्स गर्न मन लाग्छ । तपाईंकी श्रीमतीलाई सेक्सको इच्छा छैन भने कर नगर्नुहोला । तपाईं स्वार्थी हुनुभयो भने तपाईंले आमा र बच्चा दुवैलाई हानि पु¥याउनसक्नुहुन्छ । हस्तमैथुन सोह्रै आना उपयुक्त विकल्प हो । हस्तमैथुन बिल्कुल स्वस्थ यौन क्रियाकलाप भएको उहिल्यै प्रमाणित भइसकेको छ । यसले व्यक्तिको शारीरिक, मानसिक र यौन स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।

शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।