ठमेलबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं३१,जेठ ०७५/ महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । ठमेलको ज्याठा क्षेत्रका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाएर कम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले काभ्रेको झैटी देउराली–८ घर भई हाल सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङको ज्वालामुखी–३ घर भएका २९ वर्षीय कमल गुरुङलाई १ पेस्तोल र १ खुकुरीसहित पक्राउ गरेको हो ।