0 COMMENTS

समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।

१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन्।

२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ। चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ।

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।