0 COMMENTS

​खाली पेटमा लिचि खानु जोखिमपूर्ण रहेको एक अध्ययनले देखाएको छ । भारतको विहारमा सयौँ बालबालिकाको थाहा नभएको रोगबाट ज्यान गएको घटनाको अनुसन्धान गर्ने क्रममा अमेरिका र भारतका वैज्ञानिकले खाली पेटमा लिचि खाँदा ती बालबालिकाको ज्यान गएको निश्कर्ष निकालेका हुन् ।

ज्यान गुमाउने अधिकांश बालबालिका लिची उत्पादन हुने क्षेत्रका गरिब परिवारका रहेका र उनीहरुले बगैँचामा झरेको लिची खाएका स्वास्थ्य पत्रिका द ल्यान्सेटमा उल्लेख छ । लिचीमा शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमता ह्रास गर्ने हाइपोग्लिशिन नामक विषादी हुने र खाली पेटमा लिची खाँदा बालबालिकाको रगतमा चिनीको मात्रा कम भएर उनीहरुको ज्यान गएको अध्ययनको निष्कर्ष छ ।
अनुसन्धानकर्ताले सन् २०१४ को मे देखि जुलाईको बिचमा बिरामी परेका बालबालिकामा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उनीले अभिभावकलाई लिचिको मात्रा कम गर्न तथा बालबालिकाले साँझको खाना खाए नखाएकोबारे ध्यान दिन सुझाव दिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।