0 COMMENTS

रमिला बस्नेत ,काठमाडौं जेष्ठ २९/नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ता गर्न सरकारलाई कडा चेतावनी दिएको छ।राजधानीका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले आज राके जुलुस प्रदर्शन गरेको छ।

केपि ओलि सरकारले इन्धन लगायत दैनिक उपभोग्य बस्तुको मूल्य चर्को रुपमा वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले पटकपटक राजधानी लगायत देशभर आन्दोल गर्दै आएको छ। आज पनि नेबि संघ देशभर राके जुलुस निकालेको छ। साथै राजधानीका मुख्य मुख्य क्याम्पस अगाडि पनि नेपाल विद्यार्थी संघले राके जुलुस प्रदशन गरेको छ। काठमाडौंको आर आर,ल, बिश्वभाषा,त्रिचन्द्र,पसुपती मीन भवन लगायतका क्याम्पसमा जुलुस निकालेको हो। प्रदशनीमार्गमा भएको राके जुलुसको कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले आन्दोलनले अब चाडै मूल्य पहिलेकै स्थानमा ल्याई छाड्ने बताउनु भयो। साथै राके जुलुस प्रदशन देशका केही स्थान बाहेक जताततै शान्तिपुर्ण रुपमा सकिएको कुरा नेपाल विद्यार्थी संघका सह महामन्त्री एवम् प्रवक्ता प्रेम राज जोशीले बताउनु भएको छ।

जोशिले त्रिचन्द्र क्याम्पसमा भएको कोणसभालाई सम्बोधन गर्दै आन्दोलनलाई ओलि सरकारले ब्यवास्था गरे त्यस्को परिणाम राम्रो नआउने चेतावनी समेत दिनु भएको छ। सोही सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम शाहिले सरकारले मन परी तन्त्रको लाद्न खोजेको बताउनु भयो। नेपाल विद्यार्थी संघले इन्धन लगायत दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा भोलि देशभर केपि ओलिको पुत्ला जलाउने पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।