0 COMMENTS

काठमाडौं २८जेठ०७५/ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएका छन्। उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई परिवर्तन नगर्दासम्म समृद्धि हासिल नहुनेसमेत बताए।

काठमाडौंमा आयोजित ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागि संकल्प’ विषयक कार्यक्रममा उनले भने, ‘विकास र समृद्धि भनेको संस्कृति पनि हो। विचार र आचरणलाई संस्कृतिमा विकास गर्न सकिएन भने आर्थिक विकास गर्न सक्दैनौं हाम्रो धर्म र संस्कृतिले विकास गर्न सक्दैन।’

‘यो जन्ममा दुःख गर अर्को जन्ममा सुख पाउँछौँ भन्ने हाम्रो संस्कृति छ। यो संस्कृतिले हामीलाई यही जन्ममा विकास र समृद्धि हासिल गर्न सक्दैनौँ भन्ने शिक्षा दिन्छ,’ उनले अगाडि थपे, ‘यसलाई परिवर्तन गर्न जरुरी छ।’

उनले आर्थिक समृद्धिका लागि भू राजनीतिक सन्तुलन कायम गरेर अगाडि बढाउनुपर्ने बताए। उनले विकास र समृद्धिका प्राथमिकताहरु पहिचान गरेर अगाडि बढ्नुपर्ने बताए।

‘नीतिगत रुपमा राज्यले प्रष्ट पारेर निजी क्षेत्र र विदेशी लगानी क्षेत्रको विधा कुन कुन हुन् भन्ने तय गरौं। नीति निर्माण क्षेत्रमा ध्यान दिऔं,’ उनले भने। उनले खुला सिमाना राखेर आर्थिक विकास हुन नसक्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।