0 COMMENTS

बासुदेव सेढाइ,२७जेठ०७५/ विवेकशील साझा पार्टि प्रदेश न: ४ ले २०७५-२-२५ र २६ गते पाेखराकाे बैदाममा समसामयिक राजनिति र अबकाे कार्यदिशा तथा उदेश्यमा छलफल, अन्तरक्रीया तथा प्रथम ऐतिहासिक भेला सम्पन्न गरेकाे छ ।

प्रदेश नः ४ मा विवेकशील साझा पार्टि ससक्त रुपमा अगाडि बड्दै संगठन बिस्तार बर्ष२०७५ लाई सफल बनाउन कार्यक्रमा उपस्थित जिल्ला नेत्त्तृवहरुले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे,उक्त कार्यक्रममा प्रदेश न: ४ अन्तरगत जिल्लाहरुबाट तदर्थ जिल्ला समितिका सदस्य तथा अगुवा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।
सु- सस्कृत राजनिति,समतामुलक सम्बृदि र कल्याणकारि लाेकतन्त्रकाे लक्ष्य र दर्शन भित्र रहेर समाजमा नागरिकलाई केन्द्रमा राखि सहकार्य गर्दै समुन्नत र सम्बृदि मुलक राज्य स्थापनाकाे बाटाेमा अहाेरात्र खट्दै अगाडि बड्ने र नागरिक सग प्रत्यक्ष सराेकार राख्ने बिषय र समस्यालाई सहजिकरण गरेर अगाडि बड्ने विभिन्न बक्ताहरुले बताउनु भएकाे छ।

प्रदेश न:४ लाई गण्डकी प्रदेश नामाकरणकाे माग राख्दै सम्माननिय मुख्यमन्त्रि ज्यू लाई ज्ञापन पत्र बुझाउने निर्णय गरेकाे छ।नागरिकलाई सु-सुचित गराउन सुचनाकाे हक काे बिषयामा कार्यक्रम  नागरिक बिचमा लिएर जाने साथै मनसुन शुरु भएकाे र बर्सेनि बाडि पहिराे र डुवानले धेरै जनधनकाे क्ष्यति पुर्याउने भएकाेले यस बिषयमा सम्बन्धित पक्षलाई सचेत तथा खबरदारि गर्दै,सचेतना मुलक कार्यक्रमका साथ नागरिक समक्ष जाेडिने पार्टि ले जनाएकाे छ। उक्त कार्यक्रम विवेकशिल साझा पार्टिकाे जेष्ट सदस्य नन्द बहादुर गुरुङ्गकाे अातिथ्यमा सु – सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।