0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ,२३जेठ०७५/  बिश्व वातावरण दिवसको अवसर पारेर ( R. C. D. C.) हरियाे बन कार्यक्रमकाे सहयोगमा लिस्नाे साहित्यिक मञ्च लमजुङले बेसिशहरमा एक भब्य कार्यक्रमकाे अायाेजना गर्याे ।

नेपाली भाषा साहित्य ,नेपाली माैलिकताकाे उत्थान गर्ने उद्देश्यले स्थापना भयकाे नवगठित लिस्नाे साहित्यिक मञ्च लमजुङले भाषा साहित्यकाे साथ साथै बाताबरण संरक्षणमा जाेड दिन सचेततामुलक कार्यक्रम अायाेजना गरेको हाे । कार्यक्रममा बाेल्ने बक्ताहरुले भाषा साहित्यकाे क्षेत्रमा लिस्नाेकाे सक्रियता साथै वातावरण संरक्षण गर्न जनचेतनामुलक कार्यक्रम सकारात्मक रहेको बताए । बाताबरणकाे प्रदुषणले मानव स्वस्थ्यमा गम्भीर असर गरेको भन्दै सम्पूर्ण नागरिकहरुमा चेतनम फैलाउन अावस्यक रहेको कुरा उठेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष लाेकराज पाण्डे ,बेसिशहर नगरपालिका उपमेयर लक्ष्मि अधिकारी ,नेपाल पत्रकार माहासंघ लमजुङका अध्यक्ष अास गुरुङ ,स्वतन्त्र पत्रकार माहासंघका केन्द्रीय माहासचिब यबं ठाडाे भाका लाेककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडी ,नयाँ शक्ति लमजुङका संयाेजक राजु थापा , मकैडाडा सारिङ साहित्य समाजका अध्यक्ष ईन्द्र सुयल लगाएत लिस्नाे साहित्यिक मञ्च लमजुङका पदाधिकारीहरुले कार्यक्रम लाई सम्बाेधन गर्नुभएको थियाे ।

बाताबरण सम्बन्धि मा. बि स्तरीय कबिता प्रतियोगितामा बेसिशहर नगरपालिका भित्रका ११ बिद्यालयका २२ बिद्यार्थीकाे प्रतिस्पर्धा थियोे जसमा जनबिकास मा. बि. चण्डीडाडाका गाेपाल परियार प्रथम ,बिद्या बिकास मा. बि. बेसिशहरका बिनय गुरुङ दाेस्राे,मनकामना अाबासिय मा. बि. भकुन्डेका राजिब थापा तेस्रो र सेवासदन मा. बि पुरानाेकाेटका कञ्चन गुरुङ ल्याण्डस्टार अाबासिय मा. बि. बेसिशहरका अायुष पाैडेल सान्ताेना पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । भु. पु. शैनिक अाबासिय मा. बि. बेसिशहरमा भएको कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे । लिस्नाे साहित्यिक मञ्च लमजुङका अध्यक्ष वसन्त अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य मञ्चका सचिव बासुदेब सेढाईले दिनुभएको थियो भने कार्यक्रमकाे सहजिकरण काेषाधक्ष पुर्णदेबी न्याैपानेले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।