0 COMMENTS

काठमाडौं१७जेठ०७५/ आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रममा सहभागीता जनाउन चर्चित बाल गायक अशोक दर्जी मलेसिया जाने भएका छन् । अशोक पहिलो विदेश भ्रमणका क्रममा उनी मलेसिया जान लागेका हुन् ।

मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रम रहनेछ । यसैबिच घर निर्माणका लागी देशविदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने कार्य भइरहेको र उनलाई घर हस्तान्तरण गर्ने तयारी पनि थालिएको बताइएको छ ।

अशोक दर्जी घर निर्माण समितिको सचिवमा संचारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरुमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल, बिबेक हिङमाङ, केदार बुढाथोकी, ममता राना लगायत रहेका छन् । समितिले अशोकको परिवारका लागी उचित ब्यवस्थापन गर्ने उदेश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजकले जानकारी गराएका छन् । यसका लागी देशबिदेशमा रहेका नेपालीहरुसँग सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।