0 COMMENTS

काडमाडौँ १४जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन् । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।

प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने पूर्व एमाले कार्यकर्ता रेवत आचार्य पक्राउ परिसकेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

यता पूर्व एमालेबाटै बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करी र सनम शाक्यको हत्या काण्डमा संलग्न सबैलाई पक्राउ गरी कार्वाही गरिने बताएका छन् । गत नौ गते रेडियो नेटवर्कमा बोल्दै मन्त्री पण्डितले ठुलै नेताको संरक्षण पाइए पनि पक्रेर कारबाही गरिने बताएका थिए। उनका अनुसार सरकार सुन तस्करीमा संलग्न कसैलाई नछोड्ने पक्षमा सरकार रहेको बताएका थिए ।

पण्डितले भनेका थिए ‘सुन तस्करीमा संलग्नको मुखुण्डो उघार्न नै सरकारले समिति बनाएको हो । समितिलाई पूर्ण सहयोग गरेर तस्करमा संलग्नको पहिचान गरेर कार्बाही गर्छौँ, । जनताको तहमा जनप्रतिनिधिको तहमा, सरकारको तहमा, राजनीतिक पार्टीको तहमा र कर्मचारीको तहमा भएमा पनि यदि छन् भने कसैले पनि छुट पाउँदैनन् ।’

पण्डितले थपेका थिए ‘कुनै रहस्य छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठुला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् । कोही पनि राजनीतिकर्मीहरूको नाम आयो भने पनि छुट पाउने स्थिति हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।’

यदि पूर्व एमालेका कार्यक्रर्ता रेवत आर्चय र सांसद घनश्याम खतिवडा पनि ३३ किलो सुन तस्करमा संलग्न भएको प्रमाण भेटिएमा जेल जालान् ? यो प्रश्न मन्त्री पण्डित र गृहमन्त्रीलाई समेत उठ्न थालेको छ ।News24Nepal.TV

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।