0 COMMENTS

काठमाडौँ१३जेठ०७५/ केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।

मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१।५ र न्यूनतम १८।५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष ९सन् २०१७ जुन ५० मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी छ ।

सबैभन्दा बढी नेपालगञ्जको ४२।२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो । धनगढीको ४१।२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अहिलेको तापक्रम वृद्धि मनसुन शुरु हुनुपूर्वको गतिविधि हो, मनसुनी सक्रियताका लागि तापक्रम चाहिने हुन्छ, यो त्यसैको सिनारियो हो, यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ”, मौसमविद् कँडेलले भन्नुभयो ।

उहाँका अनुसार दुई दिनअघि सुदूरपश्चिम भेगमा मात्र बढेको तापक्रम आज देशभर बढेको छ । तापक्रम एक दुई दिन यही हाराहारीमा रहनेछ । आज मध्य र पश्चिम भेगका केही स्थान र पूर्वी पहाडी भेगमा बदलीसँगै वर्षा हुनेछ भने काठमाडौँमा पनि वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।