0 COMMENTS

स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।

सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।

किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्का्तिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।