0 COMMENTS

– डा. खेम कार्की

किशोरावस्था भनेको जिज्ञासु अवस्था हो । यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले निषेध गरेको हुन्छ त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वाभाविक हो ।

विशेषगरी यौनाङ्ग तथा प्रजनन अङ्गको विकास किशोरावस्थामा हुन्छ र यौनसम्बद्ध रागरसहरूको उत्पादन पनि यही समयमा हुने भएका कारण विपरीत लिङ्गीप्रति वा समलिङ्गीप्रति नै आकर्षण बढ्न जान्छ । विपरित लिंगीहरुसँग नजिकिन, माया गर्न र जिस्कन मन लाग्नुका साथै यौनाङ्ग चलाउन र यौनसम्पर्क गर्न पनि मन लाग्नु स्वभाविक हो । यौनबारे खुलदुली हुनु अस्वाभाविक होइन । किशोरावस्थादेखि पछिसम्म प्राकृतिक रुपमा हुने यौन तथा प्रजनन् क्रियाकलाप मध्ये एक हो, स्पनदोष । निदाएको बेलामा यौन सम्पर्क वा यौन क्रियाकलाप गरेको सपना देखेर निदाएकै अवस्थामा पुरुषको लिङ्गबाट आफै वीर्य स्खलन हुनुलाई र महिलाको योनीबाट सामान्य योनीस्राव हुनुलाई स्वप्नदोष वा नाइटफल भनिन्छ ।

किशोरावस्थामा केटा र केटीहरूले कामुक वा यौन उत्तेजक सपना देखेर आफू पनि यौन उत्तेजनाको अनुभव गर्छन् र निदाएकै अवस्थामा वा सपनामै किशोर वा पुरुषको लिङ्गबाट वीर्य स्खलन हुने गर्दछ तथा किशोरी वा महिलाहरूमा पनि योनीबाट चिप्लो पदार्थ निस्कन्छ । स्वप्नदोष शरीरको विकाससँगै हुने प्राकृतिक प्रक्रिया हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्थादेखि नै नियमित वीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई वीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानी नोक्सानी भने हुँदैन । स्वप्नदोष भएपछि यौन अङ्गको सरसफाइ राम्रोसँग गर्नुपर्दछ । – हेल्थ टुडे

(डा. कार्की यौन तथा प्रजनन् विज्ञ हुन् । )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।