0 COMMENTS

 ‘सेक्सको लत’को बारेमा विभिन्न विज्ञहरुको फरक फरक धारणा रहेको छ । कतिपय विज्ञहरु चुरोट तथा रक्सीको जस्तै ‘सेक्सको लत’ पनि हुन्छ भन्ने विश्वास नै गर्दैनन् । ‘सेक्सको लत’ जसलाई हाइपरसेक्सुअल डिसअर्डर भन्ने गरिन्छ, यसबारेमा थुप्रै विवाद रहेका छन् ।

केही विशेषज्ञहरुले ‘सेक्सको लत’लाई प्रोग्रेसिभ इन्टीमेसी डिसअर्डरको रुपमा व्याख्या गरेका छन् । जुन बाध्यकारी यौन विचार र कार्यले हुने गर्दछ ।

सन् २०१० मा ‘सेक्सको लत’को मापदण्ड अथवा लक्षणहरु प्रस्तुत गरिएको थियो । जसमा बारम्बार हुने तीब्र यौन चाहना, यौन प्यास तथा बानी ब्यवहार समावेश गरिएको थियो । यी लक्षणहरु अन्य मानसिक रोगसँग सम्बन्धीत नभएका लक्षण हुन् ।

यौन मनोवैज्ञानिक डा क्याथरिन स्मेर्लिङका अुनसार लत बस्नको लागि एउटा मात्रै कारक तत्वको हात हुँदैन । उनी भन्छिन्, ‘यसमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक तत्वहरुको पनि निकै महत्वपूर्ण हात रहेको हुन्छ । मस्तिष्कमा आउने बाध्यकारी परिवर्तनले पनि सेक्सको लत निम्त्याउन सक्छ । डिप्रेशन, तनाव, बानीले पनि सेक्सको लत बस्ने गर्छ ।’

द नेशनल काउन्सिल अन सेक्सुअल एडिक्सन कम्पल्सीभिटीका अुनसार अमेरिकामा ६ देखि ८ प्रतिशत मानिसहरु सेक्सको लतमा फसेका छन् । जुन १ करोड ८० लाखदेखि २ करोड ४० लाख मानिसहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।