0 COMMENTS

इटहरी, १२ जेठ ०७५/ सुनसरीका जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईले यस जिल्लाका सबै स्थानीय तहले जनता लक्षित नीति निर्माण गर्न विधिसम्मत् प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय अधिकारी भट्टराईले आज सुनसरीको धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र वडा सचिवलाई विकास योजनाको नीति तर्जुमा गर्दा ध्यान पु¥याउनु पर्ने विषयका बुँदामा प्रकाश पार्नु हुँदै दुई दिने अभिमुखिकरण गोष्ठीमा उक्त कुरा बताउनुभएको हो ।

धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीको अध्यक्षतामा भएको उक्त अभिमुखीकरण गोष्ठी जिल्ला समन्वय समितिको आयोजनामा सरकारले तोकेको ढाँचा मुताविक भएको थप जानकारी दिनुहुँदै समन्वय अधिकारी भट्टराईले तोकिएको पाँच बुँदाको परिधिभित्र रहेर नीति तथा योजना र बजेट विनियोजन गर्न सकिएन भने जनविश्वास गुम्ने खतरा रहने तर्फ समेत सचेत गराउनुभयो ।

धरान उपमहानगरपालिका क्षेत्रका बीसवटा वडाका वडा अध्यक्ष तथा सचिवसहित अन्य जनप्रतिनिधि एवं उपमहानगरका योजना अधिकृत समेतको सहभागिता रहेको उक्त अभिमुखीकरण गोष्ठीमा प्रदेश सरकारका आन्तारिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रोजेन्द्र आचार्यले अभिमुखीकरण गोष्ठीमा अहिलेको विकास अवधारणाका विषयमा सहभागीलाई अवगत गराउनुभयो ।

उहाँले उपमहानगरपालिका क्षेत्रको बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण र विपद् व्यवस्थापन तथा संस्थागत विकास एवं सुशासन प्रवद्र्धनमैत्री नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।