0 COMMENTS

काठमाण्डाै ११जेठ०७५/  पञ्चकन्या माई हाइड्रोपावर (PMHL) ले सर्वसाधारणमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ ७ गते ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निबेदन दिएको छ ।

साधारण सेयर जारी गर्न कम्पनीले सनराईज क्यापिटललाई सेयर बिक्री प्रबन्धक तोकेको छ ।कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेकाे छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गर्न लागेको हो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।