0 COMMENTS

मधुमेह अहिले आम रोग भइसकेको छ । अहिले कम उमेरकाहरु समेत यसका शिकार भएका छन् । मधुमेह किन लाग्छ त ?

मधुमेह के हो ?

मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारण हुन्छ । मोटाबोलिज्म एक प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्छ । त्यस उर्जा हामी आफ्नो दैनिक कार्यका लागि प्रयोग गर्छौ । यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि खास सहयोग गर्छ ।

हामीले जे कुरा खान्छौ, त्यो पेटमा पुगेपछि एक प्रकारको इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्छ र उर्जाको रुपमा प्रयोग हुन्छ ।

पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ । त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा पुर्‍याउँछ । यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ । यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन ।

किन हुन्छ मधुमेह ?

मधुमेह किन हुन्छ ? यसमा धेरै हदसम्म हामी स्वंम जिम्मेवार छौ । हाम्रो जीवनशैली, खानपान आदिको कारण मधुमेह हुन्छ । हाम्रो दैनिक जीवनमा गरिने कतिपय गल्ती मधुमेहको कारण बन्न सक्छ । के हुन् त त्यस्ता गल्ती

१. नास्ता नगर्नु

बिहान नास्ता नगर्नाले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन । त्यसैले ब्लड सुगर लेभल नियन्त्रण गर्नु मुश्किल हुन्छ ।

२. ढिलो खाना खानु

राती ढिलो खाना खाने र तुरुन्तै सुत्नाले तौल बढ्छ । यसले पनि ब्लड सुगरको सन्तुलन गडबड गरिदिन्छ, जसले मधुमेहको खतरा बढाइदिन्छ ।

३. सुगर ड्रिंक

चिनीजन्य पेयमा चिनीको मात्रा अत्याधिक हुन्छ, जसले शरीरमा क्यालोरी बढाइदिन्छ । यसबाट तौल बढ्छ र मधुमेहको खतरा हुन्छ ।

४. हेल्दी डाइट नलिनु

आफ्नो दैनिक खानामा अंकुराएको गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी आदि सामेल हुनुपर्छ । यदि उक्त कुराको कमी भएपनि पनि मधुमेहको जोखिम बढ्छ ।

५. स्न्याक्स

दिनभर धेरै क्यालोरीयुक्त स्न्याक्स खानाले शरीरमा क्यालोरी बढी प्राप्त हुन्छ । यसले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ ।

६. खानापछि बिश्राम लिनु

अक्सर मानिस खाना खाइसकेपछि घन्टौ बस्छन् । यसले शरीरमा बोसो बढ्छ साथै मधुमेहको खतरा पनि ।

७. सलाद नखानु

दैनिक खानामा सलादको मात्रा सामेल गर्नुपर्छ । सलादमा फाइबर हुन्छ, जसले हाम्रो शरीरमा ब्लड शुगरको मात्रा नियन्त्रण गर्छ ।

कसरी नियन्त्रण गर्ने

– भोको पेट नबसौं । खानामा हरियो सब्जी, सलाद, सुप आदि सामेल गरौं ।

– चिनीजन्य खाद्यपदार्थको सेवन नियन्त्रित मात्रामा गरौं ।

– हरेक दिन एक घण्टा जति तिब्र गतिमा हिँड्ने गरौं ।

– समय तालिका मिलाएर पटक पटक खानेकुरा खाने गरौं ।

– भोजनमा रेशादा पदार्थलाई प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।