0 COMMENTS

काठमाडौं०८जेठ०७५/  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी (गोरे) भनिने चुडामणि उप्रेतीले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत खुलाएका छन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिमा गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिको टोलीले उपे्रतीलाई मंगलबार विहान करिब साँढे ५ बजे काठमाडाैँको गौरीघाटबाट पक्राउ गरेको हो ।

गोरे भनिने चुडामणि पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो । पछिल्लो केही दिन यता नेपाल आएको सूचना पाएपछि अनुसन्धान टोलीले उनको खोजी तीब्र बनाएको थियो ।

मोरङ उर्लाबारी घर भएका गोरे काठमाडौँ गौरीघाटमा बस्दै आएका थिए । सुन प्रकरणमा फरार रहेका उनी केहीदिन यता गौरीघाटमै रहेको सुराकीका आधारमा उनलाई प्रहरीले पक्राउ पर्न सफल भएको छानविन समितिका सहसचिव ईश्वर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।