0 COMMENTS

१. जेम्स ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो । तर १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान गरेर २० लाख मानिसको जीवन बचाए ।

२. ‘ग्रिन बे प्याकर्स’ नामक खेलका एक फ्यानले त्यस खेलको टिकट किन्न रगत बेच्ने गर्थे । पछि थाहा भयो, उनलाई रगतको एउटा नराम्रो रोग थियो, जुन रक्तदान गरेरमात्र निको हुन्थ्यो ।

३. सन् १९९० को अन्त्यतिर इराकी तानाशाह सद्धाम हुसेनले आफ्नै रगतले कुरान लेख्ने योजना बनाए । तर मुस्लिम नेताहरु रणभूल्लमा परे । किनकि रगतले कुरान लेख्नु पाप हुन्थ्यो भने त्यसलाई नष्ट गर्नु पनि पाप हुन्थ्यो ।

४. सन् २००४ मा जोन सिबर्गर नामक गरेको जाम्बियाली मुलको एक बलात्कारीले ल्याब टेक्निसियनलाई नराम्ररी झुक्यायो । उसको डिएनए टेष्ट गर्ने भनिएको थियो । तर उसले शल्यक्रियामार्फत् पाखुरामा रगतले भरिएको ट्युब राख्यो र त्यसैबाट रगत झिक्न लगायो । जुन रहस्य पछिमात्र खुल्यो ।

५. जापानमा रगतको समूहलाई व्यक्तित्वको सूचक मान्ने गरिन्छ । त्यहाँ रगतको समूहअनुसारका कण्डम, पेयपदार्थ र पुस्तक पाइन्छ । जापानी फेसबुकमा समेत प्रोफाइलमा रक्तसमूहको अप्सन राखिएको छ ।

६.बेयर नामक कम्पनीले एकपटक हेपाटाइटिस सी र एचआइभी संक्रमित रक्तउत्पादन बजारमा ल्यायो, जसका कारण अमेरिकामा मात्र १० हजार मानिस एचआइभी संक्रमित भए । थाहा पाउनबित्तिकै अमेरिकाको बजारबाट फिर्ता ल्याइयो । तर पछि त्यसलाई एशिया र ल्याटिन अमेरिकाको बजारमा पठाइयो ।

७. हरेक वर्ष संसारमा १३ लाख पिन्ट रगत नष्ट हुन्छ । किनभने रगतको प्रयोग अवधि ४० दिनको मात्र हुन्छ ।

८. आयरल्यान्डमा कसैले रगत दान ग¥यो भने आइरन पूर्ति गर्न गिनिज (एकप्रकारको तितोबियर) दिने चलन छ ।

९. कागजले यति गहिरोसंग काट्छ कि यसले छालामा समेत क्षति गर्छ ।
१०. चिसोको बेला नाकबाट रगत बग्नुको कारण हो, नाकलाई तातो राख्न त्यहाँका नसामा बढी रगत सन्चार हुन्छ ।

११.सन् २००७ मा क्यानडाका सर्जनहरुले शल्यक्रियाका क्रममा एकजना बिरामीको गाढा हरियो तथा कालो रगत फेला पारेका थिए । पछि उसले सेवन गर्ने गरेको माइग्रेनको औषधिका कारण त्यस्तो भएको पत्ता लाग्यो ।

१२. स्पाइनल इन्जुरी भएका ह्विलचेयर खेलाडीहरुले कहिलेकाही शरीरको तल्लो भागमा आफैंले घाउ पार्छन्, किनभने यस्तो गर्दा त्यो भागमा रक्तसन्चार हुन्छ र उनीहरुको क्रियाकलापमा तीब्रता आउछ । तर यस्तो क्रियाकलाप प्रतिबन्धित हुन्छ ।

१३. मानिसको कोर्नियाले हावाबाट सिधै अक्सिजन लिन्छ र यसमा कुनै रक्तआपूर्ति हुँदैंन ।
१४. रगत परीक्षण गर्ने प्रविधि सम्भव नहुँदा सन् १९८० को दशकमा विश्वभरका ब्लड बैंकहरुले हजारौं मानिसमा एड्स बाँडे ।

१५. मानिसको शरीरमा ०.२ मिलिग्राम सुन हुन्छ, जुन रगतमा हुन्छ ।
१६. वैज्ञानिकहरुले फोक्सोविना रगतमा अक्जिसन पु¥याउने प्रविधिको पनि विकास गरेका छन् ।
१७. लामखुट्टले प्रायजसो ओ समूहको रगत मन पराउँछन् ।

१८. अमेरिकी राष्ट्रपतिको कारमा राष्ट्रपतिको रक्त समूहको रगत राखिएको ब्लड ब्यांक पनि हुन्छ ।
१९. फुटबल स्टार रोनाल्डोको शरीरमा कुनै ट्याटु छैन । त्यसकारण उनी वर्षमा दुईपटक रक्तदान गर्छन् ।

२०. प्राचिन इजिप्टका राजाहरु रगतजस्तै ठानेर रक्सी सेवन गर्दैनथे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।