0 COMMENTS

 स्वच्छ सफा मन सफा बिचारकाे प्रतीक सेताे कपडाको पहिरन ,शिरमा ढाका टाेपि ,काँधमा एउटा ज्ञानकाे पुस्तक राख्ने सानाे झाेला अनि पानीको तुम्लेट त्यसमा अाेम शान्तिकाे लाेगाे । मान्छे एक्लै वा जम्मा भएको ठाउँमा पुग्ना साथ ज्ञानकाे प्रवचन । मिलनसार शैली , नरम बाेलि,हंसिलाे अनुहार,सादा जीवन , उच्च बिचार ,सहनशीलता अादि गुणले भरिपुर्ण ।

सबैले गुरु भनेर बाेलाउने ज्ञानका गुरु सबैका गुरु । उमेरले ७० काे हाराहारीमा तर जाेश जाँगर भने १६ बर्षकै बिहान ४ बजे उठ्नुहुन्छ अाधा घण्टा याेग त्यसपछि नुहाई धुहाई अनि बेसिशहरमा रहेको ब्रम्हकुमारि ईश्वाेरिय बिश्वबिद्धालयमा दैनिक ज्ञान प्राप्तिको लागि । अाफुले पढाउने बिद्यालयमा ब्रम्हकुमारिकाे एकदिनकाे प्रवचन खासै चासो नदिएपनि पछि जाउ जाउ लाग्याे ईश्वाेरिय बिश्वबिद्धालयमा । जिन्दगी मनाेरञ्जन मात्रै सम्झिनेहरुले त नजान पनि सल्लाह दिए तर पछि जसले जेभने पनि जान थालियाे त्याहा ज्ञान सुन्न थालेपछि एउटै महत्त्वपूर्ण भनाइले जिवनमा अामुल परिवर्तन भयो ” काट्ने हरु काटिरहेका छन् बच्नेहरु बच्नुस् ” याे एउटा मात्रै हरफले उहाँको जिन्दगीमा परिवर्तन ल्यायो ज्ञान प्राप्ति पहिले उहाँ पनि अरु मानिसकाे जस्तै अशुद्ध खानपिन , बाेलिचालि ,रहनसहन, भेटघाट उहाँको दैनिकीमा थियोे तर अाज उहाँमा ठुलो परिवर्तन देखएकाे छ ।

झन्डै ३५ बर्ष शिक्षक पेसामा अावद्ध रहेर धेरै बिद्यार्थी भबिस्य उज्ज्वल बनाउने अभियान पछि ऐले उहाँ ज्ञानकाे माध्यमबाट मानिसको जिन्दगी जिउने शैेलिमा परिवर्तन गर्दै ज्ञानकाे प्रशिक्षक बन्नुभएकाे छ । अरुलाई परिवर्तन गर्न अाफु पहिले परिवर्तन हुन अावस्यक छ उहाँको भनाइ । लमजुङको बेसिशहरमा रहेको ब्रम्हकुमारि ईश्वाेरिय बिश्वबिद्धालयकाे माध्यम बाट उहाले ज्ञान प्राप्त गर्नुभएको हाे । ऐले त्यसै बिद्यालयकाे बिद्यार्थी हुनुहुन्छ झन्डै २० बर्ष भयो निरन्तर ज्ञानमा लाग्नुभएको अाफुले प्राप्त गरेको ज्ञान ऐले अरुलाई बाँड्दै हिड्नुहुन्छ स्कुल ,कलेज लगाएतका विभिन्न संघ संस्थाहरुमा । ज्ञानकाे माध्यम बाट मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उहाँको तर्क छ ।

भक्ति र ज्ञान अलग हुन जब मान्छेले ज्ञान प्राप्त गर्दछ तब भक्तिकाे अावस्यकता पर्दैन । धार्मिक स्थलहरु मठ मन्दिरमा पुजा गर्नु धर्मशास्त्रकाे अध्यान ई भक्ति हुन् यस्तो कर्मले मान्छे लाई मनमा क्षणिक शान्ति मिलेपनि भगवान प्राप्ति असम्भव छ । ज्ञानकाे ज्याेति बाट मात्रै भगवान देख्न सकिन्छ । गंगा स्नानले सरिरकाे मैला मात्रै फाल्छ तर ज्ञानकाे स्नानले मान्छे भित्र रहेको खराब बिचार फाल्दछ ज्ञान प्राप्ति भएसंगै ब्रम्हकुमारि ईश्वाेरिय बिश्वबिद्धालयकाे मुख्य केन्द्र भारतकाे राजस्थानमा ४ पटक भ्रमण र अाम मानिसले बिश्वास गरून् वा नगरुन् दिब्य ज्ञानकाे ज्याेतिकाे कारण ७ पटक सम्म परमात्मा शिव बाबा संग भेट भएको कुरा गर्नुहुन्छ उहाँ । पञ्चवलि दिने भनेको मन्दिरमा ५ पशुकाे हत्या गर्नु हाेईन मान्छे भित्र रहेको काम, क्राेध, लाेभ, घमण्ड र अहंकार जस्ता खराब बिचार लाई समाप्त पार्नु हाे । अशुद्ध अाहारले मान्छेमा खराब बिचार पैदा हुन्छ। जब हामी अात्माकाे नजरले हेर्छाै तब संसार सबै मानव समान देखिन्छ तर हामी जब अात्म भन्दा बाहिर सरिरकाे नजरले हेर्छाै तब सानाे ठुलो ,गरिब धनी , सुन्दर कुरुप जस्ता भेदभावले देख्न सकिन्छ । अात्माकाे नजरले हेर्न सके विभेद हुदैन अशान्ति पनि हुदैन ।

अाजकाे दुनियाँमा असल मान्छे भेट्नै सकिदैन जताततै भ्रष्टचार, ठगि,लुट,हत्या हिंसा ,बलात्कारले अाक्रान्त छ संसार मान्छेहरु अनैतिक ,अपराधी , हिंस्रक बनेको छ जाँडरक्सी ,जुवातास बेश्याबृति अादि निच काममा फसेर मान्छे नैतिकहिन बनेको छ। बिश्वमा शान्ति ,एकता ,सद्भाव ,प्रेमकाे सन्देश दिन ज्ञान अपरिहार्य छ । मान्छेकाे रुप क्षणिक हाे सम्पत्ति क्षणिक हाे समग्रमा मानव जिन्दगीनै क्षणिक हाे । चलचित्रको पर्दामा जसरि कलाकारहरुले अा अाफ्नाे राेल खेल्छन् ठिक त्यसैगरि मान्छेले पनि अा अाफ्नाे राेल खेलिरहेका छन् कसैको राम्रो त कसैकाे नराम्रो । ज्ञानकाे कुरा धेरै मान्छेहरु सुन्छन् तर ब्यावहारमा लागू गर्न सक्दैनन् एक दुईले मात्रै व्यावहारिक उपयोग गरेका हुन्छन् । अपराधबाट बिरामी अाजकाे संसार लाई ज्ञानकाे अाैशधि बाट मात्रै ठिक पार्न सकिन्छ ।

देबिदास बराल
बेसिशहर – ७ पुरानो बैंक चाेक
ज्ञान प्रचारक ( गुरु )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।