गोली हानि बाबुको हत्या गरेर छोरा फरार

रुपन्देही ०४जेठ०७५/ रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेर फरार भएका छन् । छोरा सन्दीप धवलले आफ्नै बुबा रामकेश धवललाई गोली प्रहार गरी फरार भएका हुन् ।

तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रूपमा काम गर्दै आएको रामकेशलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा ज्यान गएको हो ।

बुधवार दिउँसो एक जना साथीसँग जेठी श्रीमतीका छोरा सन्दीप बाबुले काम गर्ने ठाउँमा आएका थिए । बेलुका धवलको गोली प्रहारपछि उनका छोरा फरार रहेका छन् । गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।