0 COMMENTS

जो देशको लागि मर्छ त्यो सहिद
हुन्छ भने सरकार,
वैदेशिक रोजगारमा जादा मर्नेलाई पनि रेमिटेन्स सहिद घोषणा गरियोस,
जो देश कै आर्थिक उन्नतिको लागि रेमिटेन्स भित्र्याउन वैदेशिक रोजगारमा गएको हुन्छ ।
एकदिन इट्टा उचालेर नेपाल बन्द गर्ने भन्दा धेरै माथी छ वैदेशिक रोजगारमा जाने
सरकार म एउटा बिन्ती चडाउछु
यहाँ एक बोतल रक्सी र एउटा साप्राको लागि मर्नेहरु भन्दा आफ्नो परिवारको मिठो सपना बोकेर खाडी मुलुकमा जानेहरु मुल्यवान म देख्छु।
थाहा छैन होला सरकार यहाँ कति छन त्यस्ता
एक बोतल रक्सी र एउटा साप्राको प्रलोभनमा परि सहिद कति भाका छन भनी
प्रलोभन परि सहिद हुने भन्दा देशमा रेमिटेन्स भित्र्याउन जादा मर्नेहरु नै छन यहाँ तराजुमा जोख्ने भए माथी
राष्ट्रको ढुकुटीबाट खर्बौ सिध्यानेहरुलाई भन्दा राष्ट्रको ढुकुटीमा अर्बौ भित्र्याउनेहरुलाई सहिद घोषणा गरियोस् सरकार
यसो भनिरहदा लाग्छ सहिदको खिल्ली उडायो
तर त्यो होइन सरकार बास्तबिक सहिदको मूल्याकंन भएन भन्न खोजिएको हो
सरकार एक दुई दिन सडकमा उफ्रीदा ज्यान जानेहरु भन्दा बर्षौबर्षको लागि मिठो सपना बोकेर तातो घाम नभनी वैदेशिक रोजगारमा जाँदा मर्नेहरुलाई रेमिटेन्स सहिद घोषणा गरियोस ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।