0 COMMENTS

मिलन चाम्लिङ,धरान२४बैशाख०७५/ कवि बिमल गुरुङको सम्झनामा धरान १८ बुद्धचोकमा स्थापना भएको बिमल गुरुङ स्मृति पुस्तकालयले बितरण गर्न सुरु गरेको माेफसलको ठुलो धनराशि एकाउन्न हजारको बिमल स्मृति पुरस्कार २०७४ `त्यसपछि फुलेन गोदावरी´ कथासंग्रहको आख्यानकार महेश पौडेललाई प्रदान गरेको छ।

लेखक महेश पौडेललाई धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको हातबाट पुरस्कार प्रदान गरिएका थिए। बर्ष २०७४ बैशाख १ देखि चैत मसान्तसम्म देशभर प्रकाशित भएको कृतिहरुबाट छनोट गरेर पुरस्कार प्रदान गरिएको हो।पुरस्कार छनोटको लागि देशभरबाट ४२ वटा पुस्तक प्राप्त भएको र जस मध्ये पौडेलको ‘त्यसपछी फुलेन गोदावरी´ भीष्म उप्रेतीको कविता संग्रह `आधा उज्यालो´ प्रसन्न घिमिरेको कविता संग्रह`मिजोर´ र कल्पना कलापुञ्जको उपन्यास `संजिबनि´ मनोयन परेका थिए।

पुरस्कार प्रदान कार्यक्रममा स्वर्गीय कवि बिमल गुरुङलाई सम्झिदै बिमल गुरुङ प्रगतिबादी साहित्यकार हो र कला र साहित्यमा कुनै जातीयता नहुने साहित्य निस्पक्ष हुने बताउछन धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बा ।

लेखक,साहित्यकारलाई प्रोत्साहन गर्न यो बर्ष देखि बिमल स्मृति पुरस्कार प्रदान गर्न थालेको बताउछन बिमल स्मृति पुस्तकालयको अध्यक्ष एबं कवि बिमल गुरुङको पिता पुर्णबहादुर गुरुङ ।धरान १८ बुद्दचोकमा रहेको पुस्तकालयले हरेक बर्ष कवि बिमलको जन्मदिन कार्तिक १९ गते राष्ट्रिय ब्यापी कविता महोत्सव गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।