0 COMMENTS

कृष्ण हमाल,बहराइन २२बैशाख०७५/बहराइन सरकारद्वारा मान्यता प्राप्त एकमात्र नेपालीहरुको सुखदुःखमा हातेमालो गर्ने उद्देश्यका साथ सन २००० मा स्थापित नेपाली क्लब बहराइन आफ्नो विभिन्न आरोह अबरोहहरु पार गर्दै आइरहेको छ । यसैगरि नेपालका विभिन्न समस्याहरु बाढीपहिरो लगायत परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक , नैतिक तथा भौतिक सहयोग गरिरहेकोे जगजाहेर छ ।

आफ्नो कला , सस्कृती र परम्परालाई जिबन्त राख्नको लागि बहराइनमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । बहराइनमा स्थापित सबै संघसस्थाहरुसंग हातेमालो गर्दै सहयोग गर्दै आइरहेको छ । नेपाली राजदुतावास बहराइन बिधिबत रूपमा स्थापना हुनुपुर्व नेपाली क्लब बहराइनले नेपाली राजदुतावास साउदी अरबको प्रत्यक्ष निर्देशनमा राजदुतावासले गर्ने विभिन्न कार्यहरु भिषा प्रमाणीकरण , राहदानी नवीकरण , जेलमा परेका नेपालीहरुको उद्धार , घरेलु चपेटामा परेका कामदारहरुलाई सहजीकरण लगायतका सामाजिक रूपमा एउटा छुट्टै इमेज रहेको छ । बहराइनको राजधानीदेखि झन्डै ७ किलोमिटरको दुरीमा भाडामा एउटा पुरा भवन नै लिएर बसेको छ । बहराइन सरकारको पुर्ण स्वीकृतीमा मान्यता प्राप्त नेपाली समुदायको प्रतिनिधि सस्था भएकोले गर्दा आर्थिक अवस्थालाई अझै मजबुत बनाउनको लागी विशेष गरेर विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

इद अल फित्तरको अवसरमा नेपाली क्लब बहराइनले DID सिजन -४ तथा झलक देखलाजा सिजन -९ को उपाधी आफ्नो पोल्टामा पार्न सफल नेपाल र नेपालीको गर्बको शान तथा छोरी तेरिया फौजा मगर तथा नेपाल आइडल-१ टप-६ मा पर्न सफल गायक सुरज थापा बहराइनको राजधानीमा अवस्थित डेल्मोन ईन्टरनेशनल होटेलमा आफ्नो फ्यानहरुलाई सागितिक खुराक पस्कन बहराइन ल्याउदै हुनुहुन्छ ।
कार्यक्रमको बारेमा मिडियासंग कुरा गर्दै आयोजक नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठले सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ,बरिस्ठ समाजसेवी, बुद्धिजिबि , ब्यबसायी, पत्रकार, कलाकार, लगायत सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

नेपाली क्लब बहराइनका सास्कृतिक सचिब कृष्ण खाम्चा मगरले कार्यक्रमलाई सफल बनाउनको लागि सबैलाई अनुरोध गर्नुभएको छ । त्यस्तै गरी कार्यक्रमको बारेमा नेपाली क्लब बहराइनका उपाध्यक्ष दीपक गुरुङले बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई उपस्थित भै कार्यक्रमलाई भब्य , सभ्य अनुशासित रूपमा सफल बनाइ नेपाल र नेपालीका DID little Master / Jhalak Dekhalajaa को winner शान तेरिया फौजा मगर र नेपाल आइडल -१ का टप -6 मा पर्न सफल सुरज थापाका फ्यानहरुलाई टेलिभिजन को पर्दामा हैन बास्तबमा स्टेजमा प्रत्यक्ष देख्न पाउनु निकै खुशीको कुरा भएका बताउनुभएको छ ।

कार्यक्रमको बारेमा नेपाली क्लब बहराइनका ब्यवस्थापन सचिब माधब हरी पान्डेले प्राबिधिक प्रक्रियाहरु द्रुत गतिमा अगाडी बढेको जानकारी दिनुभएको छ ।कार्यक्रम  १५ जुन २०१८  मा डेल्मोन ईन्टरनेशनल होटल मनमा हुने  जानकारी  गराएका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।