0 COMMENTS

मिलन चाम्लिङ,धरान१३बैशाख०७५/सत्य समाचार नै फोटो पत्रकारीताको अन्तिम आधार” भन्ने नाराका साथ आज देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ ।

दिवसको अवसर पारेर आज सुनसरीको धरानमा प्रभातफेरी निकालिएको छ । नेपाल फोटो पत्रकार सुनसरीको आयोजनामा गरिएको प्रभातफेरी धरानको भानुचोक हुदै पुतलीबजार, सब्जिमण्डी, कलेजरोड बाट पुनः घण्टाघरमा आएर सम्पन्न भएको थियो ।
बि सं १९८४ बैशाख १३ गते गोरखापत्रमा बिरगन्ज निवासी सुर्यमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो प्रकाशित भएपछि सोही दिनलाइ स्मरण गर्दै फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउदै आएकोे छ ।

प्रभातफेरी पछि पत्रकार महासंघ सुनसरीका अध्यक्ष यात्रा थुलुङले यस अघि उपत्यका भित्रमात्र मनाउदै आएको दिवस केन्द्रीय समितिको निर्देशनपछि यस वर्षदेखि देशभरका २३ वटा शाखामा मनाएको बताउनुभयो । कार्यक्रममा जिल्लाभरका फोटो पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।