0 COMMENTS

कल्पना बोहरा,बैशाख १३,अछाम/साँफेबगर नगरपालिकालाई स्वच्छ, सफा र मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यले सुरुवाद गरेको मदिरा नियन्त्रण तथा सरसफाई अभियानमा साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्येश्वरका वडाअध्यक्ष प्रेमराज शर्मा आफै डोको बाेकेर सरसफाई अभियानमा जुट्नु भएका छन ।

नगर स्तरीय युवा संञ्जालले अछामको मुख्य व्यापारी केन्द्र साँफेबजारलाई नमूना र स्वच्छ, सफा सुन्दर मदिरामुक्त बजारको निर्माण गरी वडा र नगरपालिकाको विकास गर्ने उद्देश्यका साथ वडा अध्यक्ष शर्मा आफै  वडा वडा मा मदिरा नियन्त्रण तथा सरसफाई अभियानलाइ सफल बनाउने उदेश्यसाथ स्वंयम  मदिरा नियन्त्रण तथा फोहोर व्यवस्थापन सरसफाई अभियानमा लाग्नु भएको छ । सुन्दर शान्त स्वच्छ वातावरण बनाउने हेतुले युवाले सुरु गरेको अभियान स्वागत योग्य भएको भन्दै आफुपनि सरसफाई अभियानमा लागेको अध्यक्ष शर्माले बताए ।

अध्यक्ष शर्मा लामो समय देखि स्वास्थ्य कर्मीको रुपमा जिल्लाका विभिन्न स्थानमा समाजसेवा समेत गरेका थिए । अध्यक्ष शर्माले भन्नुभयो– “यो अभियानले सफा सुग्घर गराउदै समाज सुधारको एउटा नमूना कार्यको थालनी गर्ने बिश्वास लिएको र कुनै पनि कामको सुरुवात आफैबाट गनुपर्छ” भन्दै अध्यक्ष शर्मा बजार गल्ली, चोक, गाँउ ,बाटोघाटो लगायतमा छरिएर रहेका फोहोर मैला र मदिराका बोतलहरुलाई उचित व्यवस्थापन गर्न अध्यक्ष शर्मा सहित स्थानीय व्यापारी, युवाहरु, महिला लगायतको टोली मदिरा नियन्त्रण तथा सरसफाई अभियानमा जुटेका थिए ।

पछिल्लो समयमा बजार क्षेत्रमा व्यापार गर्दै आउनु भएका व्यापार व्यावसायीले पनि सरसफाईमा ध्यान नदिएको भन्दै सबैको ध्यान सरसफाई तिर जान जरुरीरहेको समेत वडा अध्यक्ष शार्मले बताए । उहाँले बजार क्षेत्रमा हिडने आम पैदल यात्रीहरुलाई सहज रुपमा फोहोर फाल्नको लागी बाटोको छेउछाउमा डमपिङ राख्न आवश्यक रहेको बताए । बजार क्षेत्रमा सडक बत्ति जडान गर्न जस्ता कार्यमा आफू लागि परेको अध्यक्ष शर्माले बताउनु भयो । वडा अध्यक्ष शार्मले भाग्येश्वर मात्र नभई साँफेबगरका सबै वडालाई मदिरा तथा फोहोर मुक्त वडा बनाउनुका साथै मुख्य व्यापारी केन्द्र साँफेबजारलाई नमूना सुन्दर शान्त र स्वच्छ बजार निर्माण गरी विकास गर्नका लागि आफूले निरन्तर काम गरिरहने अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।