0 COMMENTS

काठमाडौं१३बैशाख०७५/ सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरिरहेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।

राजधानीमा अधिकांश ट्याक्सीले अझै पनि आफूखुसी भाडा असुलेर यात्रु ठग्ने गरेका भन्दै सरकारले ट्याक्सीहरुलाई कडाइ र्गन लागेको हो । हाल काठमाडौंमा अनलाइन बुकिङ सिस्टममा चलिरहेका सीमित ट्याक्सीहरुले यात्रु ठग्ने समस्यामा कमी आएको छ । तर अधिकांश ट्याक्सीले भने ट्याक्सीमा बिलिङ मेसिन समेत जडान गरेका छैनन्, जबकि सरकारले यसअघि नै यो व्यवस्था अनिवार्य गरेको थियो ।

मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने तथा ट्याक्सी चालकको पोशाक तोक्ने व्यवस्थाका साथै अनलाइन बुकिङ सिस्टम लागू गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

ट्याक्सी व्यवसायीलाई पनि अब अनिवार्य अनलाइन सर्भिस बुकिङ सिस्टममा जान व्यवस्था गरिन लागेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । उनका अनुसार यात्रुलाई सरल तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको हो । साथै फरक–फरक रंगमा लेखिँदा यात्रु झुक्किने समस्या बढेकाे भन्दै पहेँलो रंगमा ‘ट्याक्सी’काे ब्यानर लेख्न पनि अनिवार्य गरिनेछ ।

सार्वजिनक यातायतमा जस्तै अहिले ट्याक्सी व्यवसायीहरुका पनि फरक–फरक संघ रहेका छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।