0 COMMENTS

काठमाडौं१२बैशाख०७५/ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहकी छोरी श्रेया शाहलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्न काठमाडौं महानगरपालिकाका वडाध्यक्ष बाधक बनेको पाइएको छ ।

काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसी श्रेयालाई नागरिकताका लागि सिफारिस नगर्ने दृढ अडानमा देखिएका छन् । केही समयअघि धीरेन्द्रपत्नी जया पाण्डे शाह छोरी श्रेयाको नागरिकताका लागि सिफारिस लिन जाँदा उनको अपमानजनक व्यवहार गरी फर्कादिएको बुझिएको छ ।

एक नेपालीले नागरिकता पाउन जनप्रतिनिधि नै बाधक बनेको जानकारी प्राप्त भएपछि वास्तविकता बुझ्न मंगलबार बिहान वडाध्यक्ष दीपक केसीको फोन नम्बर ९८५१०४१६३९ मा सम्पर्क गरेको थियो ।

श्रेयाको नागरिकताको विषयमा के भएको हो भन्ने जिज्ञासा जवाफ दिँदै वडाध्यक्ष केसीले भने, ‘छोरीले बाउ खोज्नु भन्दा पहिला आमाले पोइ खोज्नु पर्यो । नेपालको कानुन यहाँहरुले पढ्नु पर्यो, लोग्ने नभई मैले कसरी नागरिकता दिने ?’ त्रिवि शिक्षण अस्पतालमा जन्मिएको जन्म प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्रवीर विक्रम शाह छ, त्यसबाट उनी तत्कालीन अधिराजकुमार धीरेन्द्रकी छोरी भएको स्पष्ट हुन्न र ? भन्ने प्रश्नमा केसीले भने, ‘कस कसले कहाँ कहाँ छोराछोरी जन्माउँदै हिँडछन्, नागरिकता त्यति सजिलै पाइन्छ र ? ’ भनी प्रतिप्रश्न गरे ।
–घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।