0 COMMENTS

काठमाडौं १२बैशाख०७५/ नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका छन् । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले गर्‍यो भन्नेबारे भने केहि खुलाएनन् ।

दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी मदन भण्डारीको गाडी चालक अमर लामा थिए । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटी(लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्‍यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।

तर, बहुदलीय जनवादको प्रवर्द्धक तिनै मदन भण्डारीसँग सम्बन्धित सामाग्रीहरु भने अहिले संग्रहालयमा राखिएको छ । मदन(आश्रित चढेको अन्तिम जिप संग्र्रहालयको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

भण्डारीसँगै राजनीतिक संगत गरेका एमाले नेता गुरु बरालको पहलकदमीमा बनेको संग्र्रहालयमा भण्डारीले प्रयोग गरेका समानहरूदेखि भण्डारीको लिगेसी जोडिएका दस्ताबेज तथा तस्बिरहरू छन् ।

१० वर्षको मेहेनत र ३ करोडको लागतमा बनेको संग्रहालय बाहिर सबैका आँखा पर्ने स्थानमा दुर्घटनाग्रस्त जिप राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।