0 COMMENTS

रमिला बस्नेत,बैशाख ११/नेपाल विद्यार्थी संघ(नेविसंघ)को १२ ‍औं महाधिवेशन आगामी साउन २३ बाट सुरु हुने भएको छ। नेविसंघले महाधिवेशनसम्बन्धी मिति गत असोज ३१ गते आयोजित रणनीतिक प्रशिक्षण राष्ट्रिय भेलाको बन्द सत्रले नै तय गरिसकेको उल्लेख गर्दै नेविसंघ कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले परिपत्र जारी गरी उक्त जानकारी दिएका हुन्।

परिपत्रमा वैशाख २५ भित्र महाधिवेशन तयारीका लागि सबै क्याम्पस र जिल्ला समितिहरूलाई अधिवेशन सम्पन्न गराउनसमेत निर्देशन दिएको छ। महाधिवेशन साउन २३ देखि २७ गतेसम्म राजधानीमा हुने नेविसंघका प्रवक्ता एवं सहमहामन्त्री प्रेमराज जोशीले जानकारी दिए। साथै प्रवक्ता जोशीले संगठनको मूल्य मान्यतामा रहेर काम गर्न पनि संगठनका जिम्मेवार साथीहरूलाई अग्रह गरे।यता महामन्त्री कुन्दनराज काफ्ले समूहले भने महाधिवेशन सुनिश्चितता गर्नुपर्ने भन्दै सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो। अध्यक्ष नैनसिहं महर एकपक्षीय ढंगलले लागेको र विधान विपरीत आमन्त्रित सदस्य चयन गरेको काफ्ले समूहको आरोप छ। ज्ञापनपत्र बुझाउँदै काफ्लेले अध्यक्षकै कारण कलेजकलेजमा झडपको स्थिति सिर्जना भइसकेको बताएका थिए।

परिपत्रमा काफ्ले पक्षधर महाधिवेशन विरोधी गतिविधिमा लागेको आरोपसमेत लगाएको छ। ‘केही साथीहरू सडकमा महाधिवेशनको माग गर्ने तर केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने मात्र होइन विभिन्न क्याम्पसमा महाधिवेशन विरोधी गतिविधि गर्न कार्यमा लागेको देखिएकाले त्यस्ता गतिविधिमा नलाग्न सबै साथीहरूलाई अनुरोध गर्दै इमान्दारीपूर्व अधिवेशनको पक्षमा लाग्न सबैमा अनुरोध गर्दछु,’ परिपत्रमा भनिएको छ।

नेविसंघको ४९ औं स्थापना दिवसमासमेत राजधानीमा दुई वटा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो। संस्थापन समूहले त्रिचन्द्र कलेजमा आयोजना गरेको शुभकामना कार्यक्रममा कांग्रेस सभापति देउवा प्रमुख अतिथि थिए भने काफ्ले समूहले लैनचौर बैङक्वेटमा आयोजना गरेको कार्यक्रममा प्रकाशमान सिंह प्रमुख अतिथिका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।