0 COMMENTS

वि.स.२०७५ साल वैशाख १० गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि अष्टमी २६ घडी ११ पला,बेलुकी ४ बजेर ३ मिनेट उप्रान्त नवमी । नक्षत्र तिष्य,३३ घडी ०७ पला,बेलुकी ६ बजेर ४९ मिनेट उप्रान्त अष्लेषा । योग शुल ४९ घडि ४१ पला । करण बव,बेलुका ४ बजेर ३ मिनेट उप्रान्त वालव,रातको २ बजेर ५२ मिनेट उप्रान्त कौलव ।

आनन्दादिमा धाता योग । चन्द्रराशि कर्कट । अष्टमी व्रत । गोरखकाली पूजा। श्रीपशुपतिनाथमा दमनार्पण।काठमाडौंमा सूर्योदय ५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको काम समयमा गर्न नसक्दा आलोचनाको शिकार हुँनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुँनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा सम्मानजनक स्थान पाउँन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग बिवाद बढ्ने योग रहेकोछ मने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुँने हुँदा मन खिन्न हुँनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव सिर्जना हुँनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउँने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउँन सक्नेछन् । बवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।