0 COMMENTS

मिलन चाम्लिङ,०७बैशाख०७५/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश नं १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा आर्थिक अनियमितताबारे चासो देखाएका हुन् । उहाँले  ‘स्थलगत रूपमा गएर बुझ्ने प्रयास भइरहेको कुरा हामी संग बताउनु भएको छ । दुई दिनअघि मात्रै प्रतिष्ठान प्रशासनलाई फोन गरेर आफु आउनेबारे जानकारी गराएको थिएँ ।’ उहाँले प्रतिष्ठानका गतिविधिबारे आफुले स्थलगत रूपमै अध्ययन गर्ने र गलत भएको पाइए प्रक्रियाअनुसार कारवाही अघि बढाउने बताउनु भएको छ।

आन्तरिक कुराहरू बुझ्ने,निरीक्षण गर्ने र प्रक्रियागत रूपमा समस्या समाधान गर्ने प्रयासमा आफू रहेको उहाँको भनाइ छ । ‘प्रतिष्ठानमा भइरहेका गतिविधिप्रति मेरो ध्यानाकर्षण भएको छ । चाँडै त्यहाँको आन्तरिक पोजिसन बुझ्ने छु । उपकुलपतिलाई बोलाएर सबै कुराको जानकारी लिनेछु ।’ उनले भने  पछिल्लो समय बीपी प्रतिष्ठानमा उपकरण खरिदमा भ्रष्टाचार तथा चार सय शैय्याको मातृशिशु भवन, दुई सय शैय्याको मुटु र दुई सय शैय्याको क्यान्सर अस्पताल निर्माणमा भ्रष्टाचार भएको आरोप लागेको छ ।

अझ आर्थिक वर्ष २०७२–०७३ मा १ दशमलव ५ टेस्ला एमआरआई खरिद गर्न टेन्डर आह्वान गर्दा करिब ६ करोड रूपैयाँ फरक पर्न आएकाले त्यसमा पनि भ्रष्टाचार भएको आरोप प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारमाथि लाग्दै आएको छ । किनकि सो एमआरआई मेसिन उपलब्ध गराउने ठेक्का पाएको हस्पिटेक इन्टरप्राइजेजले अन्य अस्पताललाई सोही उपकरण १२ करोड रूपैयाँमा उपलब्ध गराएको बताएको छ । सोही उपकरण १८ करोड रुपैयाँमा खरिद गर्न लागिएकाले आर्थिक अनियमितता हुन लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

यस विषयमा पनि मन्त्री जीवन घिमिरेले चासो देखाएका छन् । मन्त्री घिमिरेले मातृशिशु, मुटु तथा क्यान्सर अस्पतालको निर्माणाधीन भवनको काम किन रोकिएको हो भन्नेबारे पनि आफुले उपकुलपतिसँग जानकारी लिने बताउनु भएको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।