0 COMMENTS

काठमाडौं०७बैशाख०७५/ सांसद दिपक मनाङगे निर्वाचित भएको निर्वाचन क्षेत्रमा पुन निर्वाचन हुने भएको छ । दीपक मनाङे कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ ।

अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने भएको हो । प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी निर्वाचन आयोगमा पठाएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उपनिर्वाचनको लागि पत्राचार भने संघीय सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने प्रष्ट व्यवस्था छैन । कानुन अनुसार निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगसँगको परामर्शमा संघीय सरकारलाई मात्र रहेकाले प्रक्रियागत आधारमा संघीय सरकारले नै गर्नुपर्ने उनले बताए । संघीय संसदका कुनै सदस्यको निधन वा पदमुक्त भएमा सो पद खाली रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराउनुपर्छ ।

सोही प्रक्रिया अनुसार मनाङ ख बाट निर्वाचित सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योग अन्तर्गत जेल परेकाले सो निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी प्रदेश ४ को प्रदेशसभा सचिवालयले आयोगलाई गराउन सक्नेछ ।

मनाङे २०७८ वैशाख ६ गतेसम्म जेलमा रहनेछन् । उनले यसअघि २ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । निर्वाचन कानुन अनुसार अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

मनाङ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र उनी फौजदारी मुद्दाका फरार अभियुक्त रहेको अदालतको फैसलापछि खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।