0 COMMENTS

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ पुरूषकाे ७  स्वभावको बारेमा उल्लेख गरिएको छ जसलाइ पुरूषले सुधार्नै पर्ने हुन्छ 

 

१. शंका गर्ने बानी 

नेपालीमा एउटा उखान छ शंकाले लंका जलाउछ भने जस्तै पुरूषले महिलाहरूकाे सानाे सानाे कुरामा शंकागरीरहने पत्नीकाे स्कुल,कलेजका केटा साथीहरूकाे फाेन अाउदा र बाटाेमा भेटदा काे हाे ? कीन फाेन गरेकाे ? तेराे सम्बन्ध के छ ?  जस्ता खालका प्रश्न  बार बार गरी रहनु हुन्न यस्ता खाने प्रश्नले पती पत्नीमा अबिश्वास पैदा गर्छ र घर बिग्रन केही बेर लाग्दैन ।

  २. नमिठो वचन बोल्ने

वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने बानीले महिला  पुरुष दुबैकाे जीवन अमृतमय बन्छ ।

३.घमण्ड देखाउनेः
हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका जमाना गए । रचनात्मकरुपमा सम्झाउने वा सिकाउने पुरुषलाई पराएपनि होच्याउने र जिस्काउनेलाई भने मन पराउँदैनन् । महिला विज्ञहरुले महिलालाई मायाँ गर्ने र सम्मानजनक ब्यवहार गर्ने पुरुष मन पराउने बताएका छन् ।

४.रिसाहाः
चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् । यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ । यस्ता पुरुषहरु घरमा श्रीमती र छोराछोरीसँग पनि बढी रिसाउने यो अध्ययनले देखाएको छ । त्यस्तै रफ टप बनेर हिड्ने भन्दा बजारमा चलेको फेसन गर्ने पुरुषलाई नै मन पराउने गरेको पनि अध्यनको निष्कर्ष छ ।

५.सेक्समा मात्र ध्यान दिनेः
महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । महिला विशेषज्ञहरु भन्छन् महिलाहरुलाई पनि यौन चाहाना नहुने होइन तर उनीहरु प्रेमिल यौन सम्बन्ध चाहन्छन् ।

६.लैङिक चेतना बढी हुनेः
म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । तर कुनै पनि पुरुषको सामान्य भूमिका निर्भाह गर्नु र पुरुषवादी हुनुबीच धेरै दुरी भने नभएको विश्लेषकहरुको भनाई छ ।

७.अश्लिल बोल्नेः
केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग गर्नेहरुसँग भने टाढै बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा हुन्छ । झर्रो भाषा बोल्ने वा फोहोर शब्द समेत प्रयोग गर्ने केटाहरुबाट केटीहरु टाढिँदै जान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।