0 COMMENTS

काठमाडौँ ०७बैशाख०७५/ मालिन्डो एयरको विमान बिहिबार ६गते राती ठूलो दुर्घटनाबाट जोगिएको छ ।काठमाडौँबाट मलेसियाको क्वाललम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए ।घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले बताए । उनीहरुको सकुशल उद्दार गरिएको छ ।

विमानले ९ बजेर ४५ मिनेट जाँदा विमानस्थलबाट उडान भर्नुपर्ने थियो ।विमान धावनमार्गबाट चिप्लिएपछि यतिबेला विमानस्थल बन्द गरिएको छ ।विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नहटाई धावनमार्ग खुल्ने अवस्था नभएको बताए ।अवतरण गरिनुपर्ने विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।