0 COMMENTS

मिलन चाम्लिङ,०६बैशाख०७५/  धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित भेडेटार नजिकै पहिचान नखुलेकाे एक ब्यक्तिको शव फेला परेको छ।

धरान–४ स्थित थाउजेण्ड बिग बुद्धको मुनिपट्टी उक्त ब्यक्तिको शव फेला परेको हो।भर्खरै बाटो खनेर माटो झरेको ठाउँमा ढाडपट्टि जलेको अवस्थामा ति ब्यक्तिको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।
उहाँले मृतकको पछाडिपट्टी डढेको भएपनि अनुहार भने प्रस्ट रहेको र मंगोलियन अनुहार भएको अनि अन्दाजी ३५–४०बर्षको पुरुष रहेको जानकारी दिनुभयो।

उक्त शव बुधबार बेलुकी फेला पारेपनि मृतकको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।हत्या या आत्महत्या समेत खुल्ननसकेको अनि घटनाको बिषयमा अनुसन्धान भइरहेको र घटनास्थलमा कुकुर समेत प्रयोग गरेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।