0 COMMENTS

एजेन्सी । नियममित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि तथा महिलाको शरीरलाई पनि लाभ हुने देखाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार नियमित यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटु सम्बन्धी रोग लाग्नमा समेत कम गर्छ । नियमित यौन सम्पर्कबाट महिलाहरुमा पनि उत्तिकै फाइदा गर्छ । यसको सकारात्मक प्रभाव मधुमेहका विरामीहरुमा समेत परेको बताएका अनुसन्धानकर्ताहरुको निष्कर्श छ ।

तर अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा पाटनरबीचको समझदारीलाई भने मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यदि यौनसम्र्कमा कुनै पाटनरको चाहनाविपरीत हो भने त्यसले सकारात्मक भन्दा नकारात्मक असर पु¥याउने बताइएको छ । नियमित यौनसम्पर्कले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै अर्थात पुरुष महिला यौनप्रति इमानदार रहनुपर्ने अनुसन्धानकर्ताहरुको राय छ ।

नियमित यौनसम्बन्धले शुक्रकिटको गुणस्तरमा समेत सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुन्छ । अस्टे लियाली बैज्ञानिकद्धारा सन् २००७ मा गरिएको एक अध्ययनले देखाएअनुसार धेरैजसो पुरुषमा हुने शुक्रकिटको डिएनएमा हुने क्षतिलाई नियमित यौन सम्पर्कले हटाउने तथा रक्तचाप नियन्त्रण गर्न र मोटोपना नियन्त्रण गर्न समेत सहयोगी हुने देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।