0 COMMENTS

आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ । तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ । यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् ।

त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् । अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । शुरूमा अलिअलि कस्तोकस्तो लागेपनि सहनुस् । तपाईंलाई झ्याउ लाग्यो भने सामान्य टूथपेस्ट दल्नुस् कोइलामाथि । तीनचार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् ।

अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो । महंगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरैगुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईंका दाँत चमचम चम्किन्छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।