0 COMMENTS

काठमाडौँ ०५बैशाख०७५/ जौको सातु खाएर आज अक्ष तृतीया पर्व मनाईंदै छ । वैशाख शुक्ल तृतीया पनि भनिने यो पर्वमा जप, तप, हवन, दान गर्ने प्रचलन रहेको छ ।

यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने विश्वास रहिआएको छ । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने चलन छ । यो दिन जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गर्ने चलन रहेको छ । घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ ।

वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।