0 COMMENTS

काठमाडौं०५बैशाख०७५/ नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स पठाउँदा लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ ।

नागरिक दैनिक लेख्छ– अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा २ लाखसम्म नगदमा भुक्तानी गर्न मिल्छ । आगामी असार मसान्तसम्म २ लाख भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष ०७५–७६ सुरु भएपछि साउन १ गतेबाट भने १ लाखभन्दा बढीको रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था–संयन्त्रका लागि उक्त निर्देशन जारी भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।