0 COMMENTS

ललितपुर, ०५ वैशाख०७५/ रातो मछिन्द्रनाथलाई आज रथारोहण गरिएको छ ।वैशाख शुक्ल प्रतिपदाका दिन आज साँझ ७ बजे देवतालाई रथमा राखिएको हो । पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताउनुभयो ।

वैशाख कृष्ण पक्षभर मछिन्द्रनाथको दश कर्म सकिएपछि आज देवतालाई रथमा राखिएको हो । आज रथारोहण भएपनि वैशाख ६ गतेबाट मात्रै रथ यात्रा शुरु हुनेछ । भोलि (बुधबार) धमा अगाडि गाई दान गरिने बताइएको छ ।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ ।

मच्छिन्द्रनाथलाई रथयात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितको नाममा रथ तान्ने गर्दछन् ।

पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो । गाःबहालबाट सुन्धारासम्म रथ तान्ने जिम्मेवारी काठमाडौँवासीको हो । तर निकै पहिलेदेखि नै उनीहरुले रथ तान्न आउन छाडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।