0 COMMENTS

कहिलेकाहिँ दम्पतीमध्ये कुनै एक यौनसम्पर्कका लागि राजी हुँदैनन् । एक जनालाई निकै मन हुँदाहुँदै पनि अर्कोले आनाकानी गर्दा मनको रहर मनमा दबाउनुपर्ने बाध्यता हुन्छ ।

यौनसम्पर्कका लागि साथी राजी नहुनुमा कहिलेकाहिँ साँच्चिकै कारण हुन्छन् भने कहिलेकाहिँ यौनसम्पर्कबाट उम्कन विभिन्न नखरा तथा बहानाबाजी हुन्छ। कतिपय महिला तथा पुरुष दुवैमा आफ्नो साथीसँग यौनसम्पर्कका लागि तयार नहुने र सधैं केही न केही बहानाबाजी गर्ने बानी नै हुन्छ ।

यद्यपि जबजब उमेर तथा जिम्मेवारी बढ्छ तब जीवनमा यौनसम्पर्कको महत्व कम हुँदै जान्छ । तर, उमेर तथा बैंश अनि चाहना हुँदाहुँदै पनि नखरा पार्नेहरु पनि हुन्छन् । यस्ता बहानाले पनि श्रीमान श्रीमतीको यौन जीवनमो ठुलो असर पार्छ । म निकै थाकेको÷थाकेकी छु भन्ने बहाना सबैभन्दा चल्तीको बहाना हो । जब यौनसम्पर्कका लागि साथी नजिक आउने प्रयास गर्छ तब दोस्रो पक्षले यो बहाना बनाउँछ । यौनसम्पर्क नगर्न गरिने दोस्रो पक्षभन्दा चल्तीको बहाना हो, भोलि बिहान छिट्टै उठ्नुछ, मसँग समय छैन ।

सम्भोग टार्न गरिने तेस्रो चल्तीको बहाना हो –आज मेरो टाउको दुखेको छ। अर्को दिन ल । चौथो बहाना शारीरिक समस्या देखाएर बनाइन्छ। कतिपय महिला आफ्नो जीउ निकै दुखेको बताएर सम्भोगलाई टार्ने प्रयास गर्छन् । पाँचौ बहाना भनेको निकै काम गर्नु परेको भन्दै गनगन गर्नु वा आफ्नो तनाव व्यक्त गर्नु हो । दिनभर काम गरेपछि यौनसम्पर्कका लागि मुड बन्ने कुरा पनि भएन । अझ गनगने बानी रहेछ भने त के नै चाहियो र ? एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।