0 COMMENTS

काठमाडाैं३बैशाख०७५/ सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार १७.४२ अंकले बढेर १२९७.५७ अंकमा आइपुगेर रोकिएको छ । समग्रमा बजार १.३६ प्रतिशतले बढेको हो ।

कारोबारमा आएका १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । यस दिन अन्य समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । बजार दोहोरो अंकले बढ्दा सबैभन्दा बढी बिमा समुह २९३.२४ अंकले बढेको छ भने माइक्रोफाइनान्सतर्फ ७२.११ अंकले बढेको छ । होटल समुह ५२.१६ अंकले बढेको छ । यो दिन सबैभन्दा बढी प्रभु बैंकको २ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रिमियर इन्सुरेन्सको २ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने गुराँस लाइफ इन्सुरेन्सको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजार बढ्दा सबैभन्दा बढी प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक लगानीकर्ताले कमाएका छन । बजार बढ्दा पनि सबैभन्दा बढी गुमाउनेमा नेपाल लाइफ इन्सुरेन्सका लगानीकर्ता परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।