0 COMMENTS

हजुर् को जन्म महिना कुन हो ? महिना अनुसार तपाइको भाग्यफल यसरी थाहा पाउँनुहोस् !तपाईको जन्मलाई आधार मानेर पनि मानिसहरुको भाग्य पत्ता लगाउँन सकिन्छ । तपाईको जन्म बार, समय र महिनालाई आधार मानेर ज्योतिष शास्त्रले यस्तो भाग्य दर्शन बनाएका छन् ।
तपाईको जन्म महिना कुन हो ? जन्म महिनाबाट थाहा पाउँनुहोस् आफ्नो भाग्य

बैशाख – बैशाख महिनामा जन्म व्यक्रीहरु सधै प्रसन्न रहने खालका हुन्छन् । आस्तिक, दुरदर्शी सात्विक प्रकृतिभएको संकटकालमा पनि साहसका साथकार्य गर्न सक्ने भएको हुन्छ ।

जेठ – यस महिनामा जन्म लिने जातक चतुर , पौरखी , तीक्ष्ण बुद्दि भएको , केहि घमण्डी , व्यापार(व्यवशायमा सफलता प्राप्त गर्ने पर्याप्त मात्रामा सम्पत्ति आर्जन गर्न सक्ने र चरित्रले युक्त हुन्छ ।

असार – यस महिनामा जन्म लिने जातक महाअल्छि, रोगि, मुर्ख, धनहिन , प्रायस् निर्धन , कलह प्रिय , कुनै न कुनै कार्य उल्टो गर्न खोज्ने , विचार र विवेक प्रयोग नगरी लहैलहैमा लाग्ने हुन्छन ।

श्रावण – यस महिनामा जन्म लिने जातक विलासिताको जीवन बिताउने ,धनवान ९ सहजै धन प्राप्ति गर्ने, विद्वान, वुद्दिवान, हुने, सांसारिक सुख, स्त्री सुख भोग गर्न पाउने हुन्छन ।

भाद्र – यस महिनामा जन्म लिने जातक स्त्री को सेवा गर्ने, विलाशिताको जीवन बिताउने, प्रायस् बिरामी परिरहने, विदेश यात्रा गर्ने, घरमा भन्दा बाहिर बस्न बढी रुचाउने, आटेताकेको काम पूर्ण गराउन सबल हुने, व्यापारमा सफल रहने हुन्छन ।

आश्मिन – यस महिनामा जन्म हुने जातक आंसिक रुपमा अल्प आयु , धन र ऐश्वर्यले युक्त , राज्यसमान प्राप्त गर्ने , हृदय भावनामा तरलता भएको , उदार दिल भएको , महिलाका कारण अपजस पाउने हुन्छ ।

कार्तिक – यस महिनामा जन्म लिने जातक केहि अल्छी , काम थोरै गफ बढी गर्ने , सुख दुस्ख ख्यालै नगरी जीवन बिताउने , मित्रु भन्दा सत्रु बढी मात्रामा भएको हुन्छ ।

मार्गशिर्ष – यस महिनामा जन्म लिने जातक विद्वान , अति नै धर्मात्मा प्रकृतिको , बढी भ्रमण गर्ने , यश कृति , सम्पत्ति प्राप्ति गर्ने , पारिवारिक जीवन सुखमय तरिकाले जीवन विताउने , चारित्रिक शुद्दत्ता भएको हुन्छ ।

पौष – यस महिनामा जन्म लिने व्यक्ति धनवान , चतुर , व्यवशायमा कुशल , विलाशिताका कारण दुस्ख पाउने , प्रायस् गरि बिरामी परिरहने ९ स्वास्थ्यमा समस्यामा परिरहने हुन्छन ।

माघ – यस महिनामा जन्म लिने जातक शान्त शौम्य स्वाभाव , संयमि , परोपकारी , धर्मात्मा बन्ने , साधारण जीवन बिताउने , यात्रा गर्दा अपजसको भागेदार बन्ने गर्दछन ।

फाल्गुन – यस महिनामा जन्म लिने जातक कामुक , विलाशिताको जीवन बिताउने , संगीतकार , स्त्री अनुरागी , नाना प्रकारका अनौठो कार्य गर्ने , बिना कारण , अपयासको भागेदार हुने गर्दछन ।

चैत्र – यस महिनामा जन्म लिने मानिस सधै प्रसन्न एबम हासिलो चेहेरा भइ रहने , धर्म प्रति आस्था राख्ने , दुरदर्शी बिचार राख्ने , सात्विक प्रकृतिको हुने , संकट उत्पन्न भएको खण्डमा पनि साहसका साथ त्यस परिस्थिति सग जुध्न सक्ने हुन्छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।